• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान मन्त्री हितबहादुर तामाङलाई ३ ढोकाको ९ चाबी बुझाएका छन् । 

किरातीले आफ्नो कार्यकालमा भए गरेका काम, सुधारका प्रयास र अनुभवलाई समेट्दै शुक्रबार मन्त्री तामाङलाई संस्कृति तथा पर्यटन क्षेत्र सुधारका लागि ३ वटा ढोका र ९ वटा चाबीको रूपमा सल्लाह तथा सुझाव दिएका हुन् । 

‘संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा मैले देखेको, अनुभव गरेको, कार्ययोजना तयार गर्दै गरेको र अगाडि बढाएका कार्ययोजनाहरु तपाईंका लागि पनि उपयोगी हुन सक्छ भन्ने आधारमा सुझावका रूपमा प्रस्तुत गरेको छु,’

पूर्वमन्त्री किरातीले सुझावपत्रमा लेखेका छन्, ‘प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्वसहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैक्यता छ । यद्यपि नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको दह्रो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ रहेको छ । मेरो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिन्छ– त्यो हुन सक्छ, ‘तीन ढोका र नौ चाबी ।’

तीन ढोका

पहिलो ढोका : नेचर (प्रकृति)

दोस्रो ढोका : कल्चर (संस्कृति)

तेस्रो ढोका : एड्भेन्चर (साहसिक)

नौ चाबी

पहिलो चाबी ः पर्यटन गौरवको घोषणा (युनेस्को विश्व सम्पदाहरु, हिमाल र हिमशृङ्खलाहरु, तालहरु, ट्रेक र पदमार्ग, सर्किटहरु, वन्यजन्तु आरक्ष तथा निकुञ्जहरु, धार्मिक सांस्कृतिक केन्द्रहरू)

दोस्रो चाबी : रैथाने संस्कृति र ज्ञान (भाषा, गीत, सङ्गीत, खाना, पहिरन र सीप)

तेस्रो चाबी : लगानी तथा पर्यटन पूर्वाधारको विकास

चौथो चाबी : चार ऋतुहरुको ‘ब्रान्डिङ’

पाँचौँ चाबी : नेपाली समाजको सांस्कृतिक–ऐतिहासिक विविधतामा आधारित मौलिक ‘नयाँ सम्पदाहरु’ निर्माण

छैटौँ चाबी : विज्ञान तथा प्रविधिको भरपुर सदुपयोग

सातौँ चाबी : दुई वा दुईभन्दा बढी धर्मका साझा स्थलहरू समेटेर ‘बहुसांस्कृतिक र बहुधार्मिक महारेखा’ निर्माण

आठौँ चाबी : जलवायु परिवर्तनद्वारा सिर्जित असरहरुलाई पर्यटकीय उपजमा परिणत गरी नेपालका पक्षमा विश्व जनमत निर्माण गर्न ‘ग्लोबल वार्मिङ टुरिजम’को विकास र 

नवौँ चाबी : अन्तर–मन्त्रालयगत समन्वयात्मक विकास ।

थप ९ वटा वुँदामा सल्लाह तथा सुझाव दिँदै पूर्वमन्त्री किरातीले वर्तमान मन्त्री तामाङलाई संघीय संस्कृति नीति यथाशिघ्र पारित गर्न, पर्यटन ऐन संशोधन गर्न तथा नेपाल वायुसेवा निगमको सुव्यवस्थापनका साथै अन्तर्राष्ट्रिय विमानस्थलहरु व्यवसायिक रुपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेलमा लैजान सुझाव दिएका छन् । 

tourismtourism-1

Adblock test (Why?)